मृत्युस“गको सतत् सहचर्य
- स्वामी आनन्द अरुण
अस्तित्वले यस पृथ्वीलाई अति सुन्दर बनाएको छ तर कमै मान्छे यस सौर्न्दर्यप्रति सम्वेदनशील छन् । अहिलेसम्म ब्रह्माण्डमा जति पनि ग्रहहरू पत्ता लागेका छन् ति सबै जीवनशून्य ढुंगा र ग्यासले भरिएका देखिन्छन् । यो पृथ्वीमात्रै यति सुन्दर, विविध जीवन्त प्राणीहरू, हरियाली, समुद्र, झरना, ताल, खोला नालाले भरपुर छ । तर दुःखलाग्दो कुरो के भने प्रकृतिको यस्तो विशाल उदारताप्रति हामीमा समादर भाव छैन । लगभग एक हजारप्रकारका वन्यजन्तु र वनस्पति प्रत्येक वर्षपृथ्वीबाट सधैको लागि विलुप्त भइरहेको छन् । यसको कारण मनुष्यले सृजना गरेको असन्तुलन हो जसले गर्दा यो पृथ्वी पनि सौर्यमण्डलका अन्य ग्रह जस्तै निर्जन, जीवनशुन्य बन्ने खतरा छ ।
पृथ्वीमा सुन्दरताले भरपुर क्षेत्र अनेक छन् तर आध्यात्मिक साधना गर्नेहरूका लागि सर्वोत्तम स्थान हिमाली क्षेत्र नै हो । त्यसमध्ये पनि गंगा, यमुना, अलकनन्दा र मन्दाकिनीले शोभायमान गढवालको हिमाली क्षेत्र आध्यात्मिक साधकका लागि अति पवित्र स्थान हो । अनादिकाल देखि चलेको साधना र तपस्चर्याको आभाले यो क्षेत्र मण्डित छ । विगत २५ वर्षेखि यो क्षेत्रको म प्रत्येक वर्षयात्रा गरिरहेको छु र विगत एक दशकदेखि यस क्षेत्रमा बारम्बार साधना शिविर संचालन गर्ने सौभाग्य मिलेको छ । त्यस क्षेत्रका महत्त्वपर्ूण्ा आश्रम र साधुसन्तहरूलाई म भेटिरहन्छु । त्यहा“ हुने साधुहरूमा कतिपय विगतका डाका, कुख्यात अपराधी, अधिकांश अल्छी र पलायनवादी छन् । तर त्यस अनगिन्ती भिडमा केही बहुमूल्य हिरा पनि फाट्टफट्ट भेटिन्छन् जसको सान्निध्यमा एकछिन मात्रै बस्न पाउनु पनि एक सौभाग्य हो । परमात्माको खोजमा हिंडेका उच्च आध्यात्मिक स्तरका स्त्रीसाधिकाहरू भेट्टाउन त अझ दर्ुलभै छ किनभने हाम्रो सामजिक परिवेशले गर्दा स्त्रीहरूले अहिलेसम्म पनि धर्म र संन्यासमा सहज प्रवेश पाउन सकेका छैनन् । तर परमात्माको कृपा र आङ्खनो खोजले गर्दा त्यस क्षेत्रमा मैले ४ जना अद्भूत तपस्विनी महिलाहरूलाई भेट्ने अवसर पाएको छु ।
ती मध्ये एक हुन् - सुभद्रा माता । गुजरातमा जन्मेर युवावस्था मै वैराग्य लागी भगिरथीको उद्गम स्थल गोमुखभन्दा माथि १५ हजार फिटको उच्चाइमा अवस्थित करिब बाह्रै महिना हिउ“ले ढाकिरहने तपोवन नामक स्थानमा एक्लै वर्षौ बसी उनीले तपस्या गरिन् । गर्मीयाममा ३ महिना मात्रै त्यहा“ मानिस पुग्न सक्छन् । बा“की महिना त्यहा“ वरफ सिवाय जीवनको कुनै दृश्य देखिदैन । त्यस क्षेत्रका गुफाहरूमा एक दर्ुइ साहासी साधु एकान्त तपस्या गरिरहेका भेटिन्छन्
तल भोजवासामा भएको लालबाबा आश्रमले अत्यावश्यक भोजन सामाग्री वर्षोनी त्यहा“का साधकहरूलाई पुर्याइदिने गरेको छ । १० हजार ३ सय फिट उचाईमा अवस्थित गंगोत्रीमा गर्मीयाममा गाडीबाट पुग्न सकिन्छ । त्यहा“बाट माथि एक दिनको बाटोमा गोमुख पर्छ जुन १२ हजार ८ सय फिट उचाइमा छ, । तर्ीथयात्री वर्षो ४ महिना मात्र त्यहा“ हि“डेर पुग्न सक्छन् । गंगाको यो उद्गम स्थल अत्यन्त रमणिय र रहस्यमय छ । तपोवन गोमुखभन्दा पनि २ हजार फिट माथि छ । बलिष्ट र साहासी विरलै कोही त्यहा“ पुग्छन् । विरान तपोवन क्षेत्रमा ती एक्ली महिला वर्षौ कसरी बसेकी होलिन् कल्पना गर्न गार्हो छ । तपोवन पुग्न हि“डेको म गोमुखसम्म मात्रै पुग्न सकें । बाटोको जटिलता र मौसमको प्रतिकुलताले तपोवनसम्म पुग्न सकिएन । तर भोजवासा बस्दा तल संसारको कुनै स्मरण नआउने र मन सधै उर्ध्वगामी भइरहने अनौठौ अनभुव भयो ।
गोमुख मै गंगा किनारामा पाल गाडेर आङ्खना शिष्य र शिष्याका साथ बसेका एक अनौठा र अत्यन्त सुसंस्कृत जापानी योगी भेटिए । उनी प्रत्येक वर्षजापानबाट आई ४ महिना त्यहा“ तपस्यारत हु“दारहेछन् । वर्षौको योग साधनाले उनले लघिमा -शरीरलाई भारविहीन गरी जमिनबाट उठ्न सक्ने) सिद्धी प्राप्त गरेका रहेछन् । जापानका विभिन्न स्थानहरूमा उनले देखाएको यो सिद्धीको पर््रदर्शनको फोटो एल्बम उनले मलाई देखाए । सुदूर जापानबाट यस्तो विकट क्षेत्रमा सुन्दर युवा शिष्य र शिष्याहरूलाई लिएर बसेका ती योगीस“ग बिताएका क्षण अविस्मरणिय रहे ।
तपोवन पुग्न नसकेको र सुभद्रा मातालाई भेट्न नसकेकोमा मलाई खुब दुःख लाग्यो । तर दैवसंयोगले केही समय पछि पशुपतिको मृगस्थलीमा अवस्थित शिवपुरी आश्रममा मैले उनलाई अचानक भेटें । हरिद्वारमा स्थित रामकृष्ण आश्रमद्वारा संचालित अस्पतालका प्रभारी डाक्टर संजय साहस“ग उनी पशुपति दर्शन गर्न उनी आएकी रहिछन् । डा. संजय पनि अनौठा व्यक्ति हुन् । एम. डी. गरेका पतिपत्नी दुबैजना लाखौं आउने आङ्खनो सफल पेशालाई छोडेर रामकृष्ण मिसनमा सेवा गर्न मै रमाए । डा. संजयको मा सुभद्राप्रति असीम श्रद्धा रहेछ र सुभद्रा माताको आग्रहमा उनले पशुपति दर्शनका लागि ल्याएका रहेछन् । केही दिन ओशो तपोवनमा बस्ने मेरो अनुरोध उनले सहर्षस्वीकार गरिन् ।
ओश्ँो तपोवन प्रवासका दौरान ती निर्जन स्थानमा तपस्या गर्दाका आङ्खना अनुभवहरू उनले सनाइन् । प्रत्येक दिन दर्ुइ घण्टा झरेपछि गोमुख पुगिन्छ र त्यहा“ जमेको गंगालाई फोरेर पानी निकाली स्नान गर्ने अनि फेरि माथि उक्लने र आएर एक छिन जपतप गर्ने, जाउलो पकाउने गर्दागर्दै दिन कटिहाल्छ । अर्को बिहानी देख्न सकिन्छ कि सकिदैन त्यो परमात्मा मै भर पर्छ ।
हिमाली तपोवनमा ९ महिना बाटो बन्द हुन्छ । कुनै रोग लागेमा या कुनै भवितव्य पर्न गएमा परमात्मा सिवाय अरु कसैको सहायता पुग्न सक्दैन । असोज आइपुग्दा अगाडिका महिनालाई चाहिने अत्यावश्यक वस्तुहरूको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यहा“ सलाईलाई ओसिनबाट जोगाउनु सबैभन्दा ठूलो चुनौती हु“दोरहेछ । ओसिएको सलाई बल्न मान्दैन । केहीगरी आफूस“ग भएको सलाई बलेन भने भोकै बस्नु वा का“चो चामल खानु सिवाय अरू विकल्प हु“दैन । सलाई बालिसकेपछि त्यही आगोमा सलाईलाई तताएर ऊनको कपडामा बेरेर चामल भित्र लुकाएर राख्नु पर्नेरहेछ । अर्को खतरा राति गुफामा हुने अक्सिजनको कमी । राति सुतिसकेपछि बरफले गुफाको मुख बन्द गरिदिने खतरा रहन्छ । गुफाको अक्सिजनले रातभर नपुग्ने भएकाले दर्ुइ तीन घण्टा सुतेर उठिहाल्नु पर्छ र खन्तीले गुफाको मुखमा जमेको बरफ फुटाइरहनर्ुपर्छ । बढी फुट्यो भने चिसो स्याठले मार्छ र पुरै बन्द भयो भने निस्सासिएर मरिन्छ । त्यसकारण सहज
श्वासप्रश्वासको लागि ठिक्कको प्वाल बनाइरहनर्ुपर्छ । हिमस्खलनको खतरा त सधै छ“दैछ । यसलाई यहा“ शब्दमा राख्न जति सजिलो छ, झेल्न त्यति नै कठिन छ । नजिकै बसेको मुत्युलाई झम्टिन नदिन सधै सचेत र उत्साहित रहनर्ुपर्छ र अलिकति मन कमजोर हुनासाथ मृत्यले टिपेर लान्छ । मृत्युस“गको सतत् सहचर्य नै त्यस क्षेत्रको जीवन्त साधना हो ।
मितिः २०६४.०४.२८