सेक्स तनाव कम गर्ने माध्यम हो : स्वामी आनन्द अरुण, Interview of Sw Arun by Nepali Patra, Australia

सेक्स तनाव कम गर्ने माध्यम हो : स्वामी आनन्द अरुण, Interview of Sw Arun by Nepali Patra, Australia

ओशो दर्शनका अनुयायी तथा प्रचारक स्वामी आनन्द अरुण अहिले अस्ट्रेलियाको भ्रमणमा हुनुहुन्छ । करिव तीन हप्तासम्म यहाँ रहँदा आनन्द अरुणले ओशो दर्शन र ध्यान विधिबारे प्रवचन दिनुहुनेछ । झण्डै ३ दशकको समय आध्यात्मिक साधनामा बिताइ सक्नुभएको स्वामी अरुण नेपाली आध्यात्मिक साहित्यमा समेत सशक्त रुपमा कलम चलाइरहनु भएको छ । जीवनको मुख्य उद्देश्य नै  आध्यात्मको प्रचार गर्नु रहेको बताउने स्वामी आनन्द अरुण साधना शिविर सञ्चालनका लागि  विश्वका विभिन्न देश पुग्ने गर्नुहुन्छ । तेस्रो पटक अस्ट्रेलिया आएको मौका पारेर  अस्ट्रेलियाको नेपालीपत्रका सम्पादक ऋषि आचार्यले ओशो दर्शन र  साधनामा केन्दि्रत भएर गरेको कुराकानीको महत्वपूर्ण अङ्शः


स्वामीजी, हरेक वर्ष, नियमित रुपमा अस्ट्रेलिया आइरहनुभएको छ, अस्ट्रेलिया आउनुको खास कुनै उद्देश्य ?
मेरो जीवनको एउटै उद्देश्य अध्यात्मको प्रचार गर्नु नै हो । अहिले संसारमा व्यक्तिहरु दुःखी छन् । सम्पन्न राष्ट्रहरुमा पनि दुःखी छन्, गरिब राष्ट्रहरु पनि दुःखी छन् । लिभिङ स्ट्याडर्ड बढेका मुलुकका नागरिक अझ बढी दुःखी भएको मैले पाएको छु । त्यसैकारण अहिले चाहिँ म अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक घुमिरहेको छु ।

ओशो दर्शन पूर्वीय दर्शनबाट बढी प्रभावित छ । पश्चिमा मुलुकका नागरिकले कसरी लिदा रहेछन् ?
अहिले पश्चिममा पूर्वीय दर्शनको खाँचो छ र त्यसको अभ्यास पनि आवश्यक छ । पश्चिमका जुन समस्याहरु छन्, त्यसलाई पश्चिमको दर्शनले समाधान गर्न सकिरहेको छैन । अमेरिका इंगल्याण्डमा के देखिरहेको छु भने चर्चहरु सबै खाली छन् । आइतबार बिहान २ घण्टा मान्छे जान्छन् । ६ दिन चर्चमा ताल्चा लाइरहेको हुन्छ । र, अहिले अमेरिका र बेलायतमा चर्चहरु सबैभन्दा बढी बिक्रीमा छन् । न्यूयोर्कमा नेपालीहरुले पशुपतिनाथको मन्दिर बनाउने भनेर चर्च किने । त्यस्तै, ओशो क्षेत्र बनाउने भनेर पनि हामीले युरोपमा ठाउँहरु हेरिरहेका छौं । अब चर्च धेरै समय बन्द भएकाले पनि होला, धेरै चर्च बिक्रीमा छन् ।


त्यसो भए यसलाई पश्चिमा देशहरुमा धर्म या अध्यात्ममा लाग्ने मान्छेहरु घटे भनेर बुझ्दा हुन्छ ?

अध्यात्ममा नै लाग्नेको संख्या घट्यो भनेर त म भन्दिनँ तर पश्चिमाको जुन अध्यात्म हो त्यसले उनीहरुको तिर्खा मेटाउन सकिरहेको छैन । मेरो भनाइमा अहिले यहाँ, दुई थरिको धर्महरु देखिएको छ, पहिलो हिन्दु, बौद्ध, जैनहरु, जो हाम्रो सब-कन्टिनेन्टमा जन्मिए । अब हाम्रो भन्दा बाहिर ईश्लाम, क्रिश्चियानिटी तथा यहुदी धर्म । अब यहाँ क्राइसिस अफ फेथ शुरु भैसकेको मैले अनुभूति गरिरहेका छु । युरोप अमेरिकाका ३५-४० प्रतिशत व्यक्तिले मेरो कुनै धर्म नै छैन भन्छन् । उनीहरु नास्तिक बन्दै गइरहेको छन् ।


अध्यात्मको मानव जीवनमा के महत्व छ ?
अध्यात्मको जीवनको एउटा महत्वपूर्ण पक्ष हो । खासगरी पूर्वीय जीवनको त आधार नै अध्यात्म हो । जन्मेदेखि नमरेसम्म अझ मरेपछि पनि हाम्रोमा त श्राद्ध गर्ने गर्छौं । अहिले टेक्नोलोजी चाहिँ पश्चिममा धेरै भो, अध्यात्म चाहिँ पूर्वमा बढी भयो, पश्चिममा फस्टाउन सकेन । त्यसैले डिप्रेसन, इन्सोमेनिया, माइग्रेन, क्यान्सर आदि रोगहरु पश्चिममा बढी देखिएको कारण पनि यही हो । म त क्यान्सरलाई पनि अध्यात्मिक रोग मान्छु, किनभने त्यो पनि अति चिन्ता र मनुष्यको वितृष्णाबाट पैदा हुने रोग हुन् । यस्ता रोगहरु पूर्वको तुलनामा पश्चिममा दुूत गतिमा फैलिए । अध्यात्म बिना जीवन सुखी चाहिँ हुन सक्दैन । टेक्नोलोजीले जीवनलाई सुविधा दिन सक्छ, तर आनन्दित बनाउन सक्दैन ।


अहिले धेरै युवापुस्ता चाहिँ ओशोको दर्शनतिर बढी लागेको पाइन्छ । किन होला ?
जब कुनै पनि चित्त जीवन्त हुन्छ, प्राणवान् हुन्छ, त्यसले युवाहरुलाई आकर्षण गर्छ, चाहे त्यो राजनीतिक दर्शन होस्, चाहे आध्यात्मिक दर्शन हो वा अन्य कुनै विधा होस् । ओशो एकदमै जीवन्त दर्शन हो । अहिले २१ औं शताब्दीको सबैभन्दा रिलिभेन्ट र सबैभन्दा प्राणवान ओशो दर्शन हो । नेपालमा त घुइँचो नै छ, ८० वटा आश्रम खुलिसक्यो, छ वटा कम्युन खुलिसक्यो । अब प्रत्येक महिना तीन सय जनाले दीक्षा लिरहेका छन् । त्यो दीक्षा लिने व्यक्तिमा ९० प्रतिशत चाहिँ ३० वर्ष मुनिका युवाहरु छन् । युवाहरु जहिले पनि जीवनमा नवीनता खोज्छन् । परम्परागत रुपमा मान्नुपर्ने कुरामा युवापुस्ताले त्यति सन्तोष लिँदैनन् । उनीहरुलाई लजिकल विश्लेषण चाहिन्छ । अहिले संसारमा ओशो दर्शन जतिको लजिकल दर्शन,  अरु छैन । बुद्ध धर्म एकदमै लजिकल हो बौद्धिक पनि छ, तर अहिले ओशो दर्शन नै युवामाझ बढी लोकपि्रय छ । नेपालमा मात्र होइन, अहिले विदेशी युवाहरुमाझ पनि ओशो दर्शन लोकपि्रय हँुदै गइरहेको छ ।


एकदमै बुभmने भाषामा भन्नुपर्दा ओशो दर्शन वा ओशो ज्ञान भनेको के हो त ?
ओशो दर्शन एउटा सन्तुलित आदर्श जीवन हो । ओशो दर्शनले पारिवारिक र आध्यात्मिक जीवनलाई बाँढ्नु हँुदैन भन्छ । अब पहिला-पहिला धार्मिक व्यक्तिहरु वनमा गएर बस्ने, संन्यासीहरुले विवाह गर्न नपाउने, परिवार बढाउन नपाउने भन्ने थियो । तर ओशो दर्शनले संन्यासीले पनि घर, परिवार र व्यापार, व्यवसाय चलाउन सक्छ भनेर दर्शन अगाडि सार्नुभयो । अब अहिले व्यक्ति आश्रममा गएर बस्नलाई त राष्ट्रको अर्थतन्त्रले पनि दिँदैन साथै व्यक्तिको बायोलोजिकल आवश्यकताले पनि दिँदैन । ओशो चाहिँ अहिले सबैमाझ चर्चित हुनुको प्रमुख कारण नै उसले चाहिँ मनुष्यलाई स्वतन्त्रता दिन्छ । स्वतन्त्रताको मतलब फेरि उच्श्रृङ्खलता होइन । ओशो दर्शनलाई बाहिरबाट बुझ्नेहरुले यसले दिएको स्वतन्त्रतालाई उच्श्रृङ्खलता भनेर बुझ्ने गरेको छन्, त्यो एकदम गलत कुरा हो । अति अनुशासित व्यक्ति मात्र स्वतन्त्र हुन सक्छ । ओशो दर्शन स्वतन्त्र मात्र होइन, एकदमै अनुशासित पनि छ ।


के छन् त अनुशासनमा बाँध्ने सूत्रहरु ?

ओशो दर्शनमा पाँच प्रकारको अनुशासन साधकहरुले पालन गर्नु पर्छ ।
१. शुद्धि- साधना गर्ने व्यक्तिको खानपान, लवाई, व्यवहार सबै शुद्ध हुनुपर्छ । साकाहारी खानामा हामी बढी जोड दिन्छौं । जाँड रक्सी, चुरोट लगायतका अम्बल सेवन गर्न मनाही छ । स्वस्थ खानपान, स्वस्थ मनोरञ्जन हामी सिकाउँछौं ।
२. साधना- भौतिक वस्तुले मात्र जीवन सुखी हुन सक्दैन । जीवनलाई सन्तुलनमा राख्न पनि साधना चाहिन्छ, नत्र त मानिस एकोहोरो हुन्छ । पैसा र पदको पछाडि मात्रै लाग्ने व्यक्तिहरुमा धेरै प्रकारका समस्याहरु देखिन्छन् । त्यस्ता व्यक्तिहरु डिप्रेसनमा जान्छन् । अहिले संसारमा सम्पन्न व्यक्तिहरुमा डिप्रेसनको मात्रा बढी छ । विपन्न भन्दा पनि समृद्ध र सम्पन्न व्यक्तिहरु मानसिक रोगले ग्रसित छन् । नेपालमा पनि डिप्रेसन देखिन थालिसकिएको छ । नेपालमा पनि सम्पन्न व्यक्तिहरुमा यो बढी देखिएको मेरो अनुभव छ । आर्थिक उन्नति जति बढी छ, त्यतिकै बढी आत्महत्या, त्यत्तिकै डिप्रेसन देखिन्छ, मतलब, त्यहाँ केही मिसिङ छ । त्यो हो ध्यान, साधना अध्यत्म । यही कुरा पश्चिमा समाजले मिसिङ्ग गरिरहेको छ ।
३. सत्सङ- मतलब राम्रो चिजको संगत गर, नराम्रो संगत छोड्दै जाऊ ।
४. संस्कार- आˆनो संस्कारलाई नभुल । अहिले हामी हाम्रो संस्कार भुल्दै गइरहेका छौं । आˆनो राम्रो संस्कारको संरक्षण गर ।
५. अन्तिम चाहिँ समाधि हो । हरेक बन्धनबाट मुक्ति ।


ध्यान भन्ने बित्तिकै बुद्ध धर्म अगाडि आउँछ । अब यहाँ बुद्ध दर्शन र ओशो दर्शनमा केही समानता छन् ?
ध्यानको आधार बुद्ध दर्शन होइन् । यो भन्दा अघि पनि मान्छे ध्यान गर्थे । जबदेखि हिन्दु जाति विकसित भयो, तबदेखि नै यो ध्यान आयो । अब यो कति हजार वर्ष पुरानो भनेर यत्तिकै भन्न सकिँदैन । ध्यानका प्रतिपादक त भगवान शिव हुन् । अहिलेसम्मको आख्यान हेर्दा । बुद्धले ध्यानलाई एसियामा फैलाउनुभयो । अब ओशोले त प्राण त्याग गरेको भर्खर २३ वर्ष भयो । अब यो २३ वर्षमा हामीचाहिँ संसारका २ सय राष्ट्रमा पुगिसकेका छौं । हामी धेरै पश्चिमा मुलुकहरुमा पुगेका छौं । अबको १ सय वर्षमा यो दुनियाँको चर्चित दर्शनको रुपमा अगाडि आउने हाम्रो विश्वास छ ।


ध्यानलाई आधुनिकीकरण गर्न सकेर हो, ओशो दर्शन यति छोटो समयमा यति धेरै चर्चित भएको ?
ओशोको जुन दर्शन छ, सार्वाङ्िगक दर्शन छ । यो धर्तीमा आएका सबै धर्महरु भन्दा फरक छ । अब भगवान् बुद्धले नै पनि प्रेम र परिवारलाई स्वीकार गर्नु भएन । धेरै वर्षसम्म उहाँले स्त्रीलाई दीक्षा नै दिन मान्नु भएन । अब ओशोले सबैलाई बराबरको दृष्टिले हेर्नुभयो । यसमा जीवनको निषेध छैन । सबै धर्ममा प्रेम, विवाह अनि सेक्सलाई सहज रुपमा स्वीकारिदैन । धार्मिक व्यक्तिले विवाह गर्न हुँदैन, सेक्स गर्न हुँदैन भन्ने थियो । तर ओशोले यो सबैलाई वर्जित गर्नुभएन, बरु संगालेर लग्नुभयो । उहाँले जीवनका साथै रङ्गमा रङ्गीन सिकाउनुभयो ।


यो दर्शनलाई बाहिरबाट हेर्नहरुले बढी यौनसँग जोडेर हेर्ने गरेको पाइन्छ नि ?
किनभने अरु सबै धर्मले यौनलाई निषेध गरेको छ तर हामीले यसलाई निषेध गरेको छैन । हामी के भन्छौं भने यो पनि जीवनको एउटा पाटो हो । अहिले जति पनि विकृतिहरु भएका छन्, तीनमा ८० प्रतिशत यौनलाई स्वस्थ तरिकाले नहेर्नु हो । सेक्स असन्तुलनले गर्दा यस्ता विकृतिहरुको सिर्जना हुन्छ भन्ने कुरा साइमन प|mायडले भनेका छन् । अब मान्छेले पहिला जसरी नै सेक्सलाई हेर्ने हो भने मान्छे विक्षिप्त हुन्छ, पागल हुन्छ । मान्छेको जीवन अहिले यति तनावग्रस्त छ कि सेक्स पनि एउटा मिडियम हो मान्छेको तनाव कम गर्ने ।


Share this Post:

Related Posts: