Sw Anand Arun talk at the BJP HQ about Indo Nepal relation published by nepalbritain.com

Sw Anand Arun talk at the BJP HQ about Indo Nepal relation published by nepalbritain.com

नेपाल भारत संबन्ध अद्वितीय: स्वामी आनन्द अरुण

काठमाण्डौस्थित ओशेा तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नेपाल तथा भारतबीचको संबन्ध अद्वितीय रहेको बताउनुभएको छ।

हालै दिल्लीस्थित सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै स्वामी अरुणले राजनीति र आर्थिक संबन्धको सीमा हुन्छ, तर संस्कृति, धर्म र प्रेमको कुनै सीमा हुँदैन भन्नुभयो। उहाँले भारत र नेपाल दुबै धर्मनिरपेक्ष मुलुक घोषित गरिएपनि दुबै देशका जनताको जीवनमूल्य एकै रहेको बताउनुभयो।

“हाम्रा देशका पियनदेखि राष्ट्रपतिसम्म सबैको अन्तिम लक्ष्य मु्क्ति हो। विगतमा दुई देशबीच कतिपय समयमा राजनीतिक असमझदारी सिर्जना भएतापनि आध्यात्मिक र व्यक्तिगत तहमा हामीबीच अटूट संबन्ध रहेको छ,“ स्वामी अरुणले भन्नुभयो।
आजको युगलाई व्यापारिक युगभन्दै स्वामी अरुणले नेपालमा पूर्वाधार, विद्युत, पर्यटन र कृषिको विकास गर्न दुबै देशले मिलेर सहकार्य गर्नुपर्ने बताउनुभयो।
गरीबीलाई महारोग भन्दै उहाँले झण्डै एकलाख मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको नेपालमा हिउँदमा १८ घन्टासम्म लोडशेडिङ हुनु देशकै दुर्भाग्य भएको बताउनुभयो। नेपालमा जलविद्यृतको विकास गर्दा भारत तथा बाँगलादेशलाई समेत लाभ पुग्ने बताउँदै स्वामी अरुणले नेपालको जलस्रोत क्षेत्रमा लगानीकालागि भारतीय पक्षलाई आह्वान गर्नुभयो।
नेपाल र भारतबीच एकीकृत पर्यटन योजना बनाउन आग्रह गर्दै स्वामी अरुणले नेपालले बर्षेनी एक करोड र भारतले बर्षेनी दश करोड पर्यटक भित्र्याउने आकांक्षा राख्नु्पर्ने बताउनुभयो। उहाँले काशी, विश्वनाथ एवम् पशुपतिनाथ र अयोध्या एवम् जनकपुरलाई जोडन एक्सप्रेस रेलसेवा सन्चालन गर्न सुझाव दिनुभयो। सारा युरोप एउटै बजार भएकोबेला भारतबाट सिक्दै नेपालले कृषि क्षेत्रमा पहिलो क्रान्ति गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो।
स्वामी अरुणले केही बर्ष अघिसम्म कलकत्ता, बेंगलोर, पटना र मुम्बइ तथा काठमाण्डूबीच प्रत्यक्ष हवाइ सम्पर्क रहेकोमा अहिले ती सेवाहरु बन्द भएको बताउनुभयो। जमीन र आकाश मार्गबीच दुबै देशका जनतालाई जोडन, रेल तथा हवाइ भाडा सुपथ गर्न र दुबै देशबीच टेलिफोनको महसुल तत्काल घटाउन पहल गर्न पनि उहाँले अपील गर्नुभयो।
उक्त कार्यक्रममा भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पत्रकारहरुको पनि उपस्थिति थियो। हिन्दी भाषामा स्वामी अरुणले दिनुभएको प्रवचन यो लिङ्कमा गएर सुन्न सकिन्छ।


Share this Post:

Related Posts: