राष्ट्रिय सन्दर्भमा चार आर्यसत्य – Sw Anand Arun Article in Nagarik Daily

  राष्ट्रिय सन्दर्भमा चार आर्यसत्य

बुद्धका ४ आर्यसत्य हुन् : जीवन दुःख हो, दुःखको कारण छ, दुःख मुक्तिको उपाय छ र दुःख मुक्तिको स्थिति छ। बुद्धका यी अभिव्यक्ति मनुष्य जीवनको गहन अवलोकनबाट निस्केका छन्। बुद्धकै गहन विष्लेशणलाई आधार बनाएर हेर्दा नेपालको वर्तमान दरिद्रता, बेथिति र अराजकताको समाधान पनि चार आर्यसत्यमा व्यक्त गर्न सकिने देखिन्छ।
राष्ट्रिय सन्दर्भमा पहिलो आर्यसत्य हो – अनन्त सम्भावना बोकेपनि देश अविकसित, गरिब र अशान्त छ। दोस्रो, यसका कारण छन्। तेस्रो, यसबाट मुक्तिका उपाय छन् र चौथो, दरिद्रताबाट मुक्ति र सुख समृद्धिको स्थिति सम्भव छ।
देश अविकसित र दरिद्र छ। हाम्रो राजधानी नै भद्रगोल छ। फोहोर, साँगुरा बाटाघाटा, उपस्थिति नदेखिने सुरक्षा संयन्त्र, सधैँको बन्द, जलसम्पदामा विश्वको दोस्रो धनी देशमा सातामा एक दिन एकदुई घन्टा धारामा पानी चुहिनु बन्द हुदैगएका उद्योगधन्दा, चर्को मूल्य तिरेर पनि इन्धन र ग्यास पाउ”दा चिट्टै परेजस्तो आनन्दको अनुभूति, पेट पाल्न एक प्रतिशत जनसंख्या प्रत्येक वर्ष विदेशिनु र कठिन तथा अमानवीय अवस्थामा काम गर्न बाध्य हुन, शरीर बेच्न बाध्य हजारौं चेलिबेटी प्रत्येक वर्ष देश बाहिरिनु हो। यी सबैले हाम्रो विपन्नताको पुष्टि गर्छन्।
अहिलेभन्दा ५० वर्ष अघिमात्रै पनि हामीजस्तै अवस्थामा रहेका एसियाकै कतिपय अविकसित राष्ट्रले यस अवधिमा विकासका दृष्टिले ठुलो फड्को मारेका छन्। कोरिया, जापान, सिंगापुर, ताइवान र चीन विकासको अन्तर्राष्ट्रिय मापदण्डमै पुगे। धर्मान्धता र विदेशी स्वार्थको माखेपासमा परेर युद्ध मैदानमा परिणत भएको अफगानिस्तानमात्रै एसियामा हामीभन्दा पछि देखिन्छ। करिब छ हजार नदीनाला भएको यसे देशमा हिउ”दमा कुल २८० मेगावाटमात्र विद्युत उत्पादन हुन्छ। यही गरिब राष्ट्र यो वर्ष अनुमानित सय अर्ब रुपिया” डिजेल, जेनेरेटर, ब्याट्री र अन्य वैकल्पिक ऊर्जाका लागि खर्च गर्न बाध्य छ। त्यो सय अर्ब जलविद्युत उत्पादनमा लगानी गर्न पाए थप ८ सय मेगावाट जल विद्युत सधैँका लागि उत्पादन हुन्थ्यो। विकासलाई प्राथमिकता दिने हामीजस्तै अरू राष्ट्र समृद्धितिर लम्किँदैछन्। उदाहरण हामै्र छिमेकी चीन, भुटान र विहार हुन्। बितेका ५० वर्षमा अरू धेरै अगाडि गए भने हामीले भ्रष्टाचारमात्र व्यापक बनायौँ। Read More ………….