स्वामी रामतीर्थ एक परिचय

स्वामी रामतीर्थ एक परिचय

मैले आजसम्म जानेका र सुनेका सन्त मध्ये केवल दुई जनाको मात्र जन्म, संबोधि र महापरिनिर्वाण एकै दिन भएको पाएको छु । त्यसमध्ये एक हुनुहुन्छ भगवान् बुद्ध । उहाँको जन्म लुम्बिनीको साल वृक्ष मुनी बैशाख पूर्णिमाको दिन भएको हो । उहाँको संबोधि ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन निरञ्जना नदीको किनारमा पिपलको रुख मुनी बोधगयामा भएको थियो । उहाँको महापरिनिर्वाण कुशीनगरमा २ साल बृक्षको बीचमा ८० वर्षको उमेरमा बैशाख पूर्णिमा कै दिन भएको थियो ।

बुद्ध पुरुषको इतिहासमा अर्को यस्तै अद्वीतिय घटना स्वामी रामतीर्थको जीवनमा पनि मैले भेट्टाएको छु । उनको जन्म दिपावलीको दिन पाकिस्तानको गुजरानवालामा २२ अक्टोवर सन् १८७३ मा भएको थियो । उनको संबोधि सन् १८९८ साल दिपावली कै दिन ऋषिकेश देखि ८ किमि उत्तर ब्रह्मपुरीमा भएको थियो र उनले मात्र ३३ वर्षको उमेरमा टेहरीको भिलगंगा र गंगाको संगममा दिपावली कै दिन जल समाधि लिएका थिए । यो एक अद्भूत संयोग बुद्ध र रामतीर्थको जीवनमा बाहेक मैले आजसम्म अन्य सन्तको जीवनमा भेट्टाएको छैन ।

स्वामी रामतीर्थको नाम नेपाली अध्यात्मिक आकासमा कमै सुनिएको हुन सक्छ । उनी आध्यात्मिक नभमा एक्कासी उदाए । उनका समकालिन स्वामी विवेकानन्द, श्री अरविन्द जस्तो ख्याति उनले नपाएपनि उनको अध्यात्मिक उचाई, मस्त फकिरीपन, अदम्य साहासबाट अत्यन्त प्रभावित भइ उनको सागर जस्तो व्यक्तित्वलाई गागरमा समेटिने विनम्र प्रयास गरिएको छ ।

स्वामी रामतीर्थको जन्म अत्यन्त विपन्न परिवारमा भएको थियो । विपन्नता र गरिबी सन्त र इमान्दार व्यक्तिहरु चिरसहचरी नै हुन् । स्वामी रामतीर्थलाई पनि एक पतिव्रता नारी जस्तै विपन्नताले सधै साथ निभायो । सन्तहरुमा बाल्यकाल देखि नै आध्यात्मिक संस्कारको झिल्को देख्न थालिन्छ । रामतीर्थलाई पनि शंखको ध्वनी र मन्दीरको परिवेशले सधै तान्थ्यो । बाल्यकालमा धेरै रुँदा फकाउन केही सिप नलागेपछि शंख बजाईदिदा या मन्दीरमा लैजाँदा उनी आनन्दविभोर हुन्थे ।

सानै उमेरमा एक मुसलमान मौलवी मोहम्मद अलि साहसँग उनले फारसी भाषा सिखे

र तिष्ण बुद्धिका धनी उनी थोरै समयमा फारसीमा पारंगत भए । छोरालाई फारसी सिखाएवापत अनुग्रह स्वरुप उनका गरिब बुबाले ती मौलवीलाई केही पैसा दिन चाहे । तर मौलवीलाई दुधको लागि भैसी चाहिएको रहेछ । रामतीर्थको बुबासँग एउटै मात्र भैसी थियो जसको दुधबाट परिवारको गुजारा चल्थ्यो । रामतीर्थले उनका बुबालाई त्यो भैसी मौलवीलाई दिन बाध्य पारे । मौलवी साहब ती बालकको उदारता देखेर छक्क परे र द्रवीत भए ।

रामतीर्थले बडो विपन्न्तामै मेहनेत गरेर आफ्नै सहपाठीहरूलाई ट्युसन पढाई आफ्नो अध्ययन पुरा गरे । एम. ए.को जाँचको एक रोचक प्रसंग छ । गणितको परिक्षामा १३ प्रश्नहरू सोधिएका रहेछन्, जसमा कुनै ९ वटाको जवाफ मात्र दिन पर्ने थियो । तर रामतीर्थले तेर्‍है प्रश्नहरुको हल प्रस्तुत गर्दै एक्जामिनर महोदयलाई सानो नोट लेखेछन्, – ‘तपाईंलाई मन परेको कुनै ९ प्रश्नहरुको उत्तर जाँच्नु होला ।’ उनले पञ्जाब विश्वविद्यालयबाट गणितमा सतप्रतिसत अंक ल्याइ एमए प्रथम श्रेणीमा प्रथम स्थानमा उतिर्ण गरे । उनको प्रतिभाको कदर गर्दै अनेक उच्च सरकारी पदहरुमा जागिरको निमन्त्रणा आयो तर उनले प्रसाशनिक सेवाको गुलामी मन्जुर गरेनन्, प्रध्यापनको पेशा मै बसी आफ्नो ज्ञान अरुलाई बाँड्छु भनी लाहोर कृस्चियन कलेजमा प्रध्यापक भए । गणितमा उनको अदभूत दखल देखेर भारतवर्षका गणितज्ञहरु गणितका जटिल समस्या समाधान गर्न उनी कहाँ पठाउन थाले ।

एकपटकको घटना हो । उनलाई यस्तै एक जटिल समस्या गणित समाजले हल गर्न पठायो । धेरै प्रयास गरेर पनि त्यो समस्या रामतीर्थले हल गर्न सकेनन् । उनलाई त्यसबाट ठूलो ग्लानी भयो र राति तरबार लिएर यो संकल्प गरे कि सुर्योदय पूर्व मैले यो गणित हल सकिन भने आफ्नो टाउको यही तरबारले छिनाउँछु । उनी त्यो गणितको हल निकाल्न रातभरी डटे तर सफलता हात लागेन । बिहानी भयो । तरबार लिई छानामा पुगे । तरवारले आफु रेट्न खोज्दा तरवारले घाटीलाई स्पर्श मात्रै के गरेको थियो प्रात कालको त्यो आकासमा सुनौलो अक्षरमा त्यो गणितको हल लेखिएको प्रस्ट देखे ।

आधुनिक बुद्धीवादीहरुलाई यस्तो कुरामा विश्वास गर्न गार्‍्हो हुन सक्छ । तर यस्ता अबुझ घटनाहरु संसारमा भै रहेका छन् । उदाहरणको लागि परमाणु संरचनाका अविष्कारक निल भोरले धेरै खोजपछि पनि एटमको वनावटको रहस्य खोज्न नसकेपछि सपनामा उनले एटमको वनावट आफू अघाडि नाचेको देखेका थिए । पछि त्यही सत्य निस्कियो । भारतका प्रसिद्ध गणितज्ञ रामानुजले अति जटिल गणितका हल बारम्बार स्वप्न मै देख्ने गरेको बताउँथे । आइन्सिटाइनले सपनामा प्रकाशको गतिमा आफु उडेको

र त्यो गतिमा सारा तारा तारामण्डलको दृश्य परिवर्तन भएको स्वप्न देखेका थिए । पछि त्यो सापेक्षवादको सिद्धान्तको खोजमा सहायक भएका उनले लेखेका छन् । मनोविज्ञानको खोजको एक पक्षले के भन्छ भने सचेतन खोजको उच्च शिखरमा पुगेर समस्याको समाधान हुन नसकेको अवस्थामा थाकेर मनले पूर्ण विश्रामको अवस्था प्राप्त गरे उसकै अतिचेतनले अन्य रहस्यमय श्रोतबाट त्यो समस्याको हल विभिन्न माध्यमबाट प्रकट गर्छ । यस्ता घटनाहरु अनेक वैज्ञानिक, सन्त, लेखक, कलाकारहरुको जीवनमा घटेको पाइन्छ ।

यस सन्दर्भमा रामकृष्ण परमहंसको जीवनमा भएको घटना आध्यात्मिक वृतमा अत्यन्त प्रख्यात छ । रामकष्णलाई अनेक वर्षदेखि साधनामा ईश्वर दर्शन नभएकोले गहिरो निराशाले पक्डियो । उनले एक दिन आफ्नी आराध्य दक्षिणेश्वरकी कालीमातालाई तिमीले अनेकलाई दर्शन दियौं तर मलाई किन दिदैनौं भनी धेरै महिनासम्म पुकार र रोदन गरे । तै पनि इष्ट दर्शन भएन । विशादको यो अवस्थामा यस्तो व्यर्थको जीवन किन जिउनु बरु मर्नु जाति भनी कालीको मुर्तिमा राखेको खड्ग लिएर आफ्नो घाटी काटन तम्सिए । खड्गले घाटी स्पर्श गर्ने के लागेको थियो त्यो कालीको मूर्ति साक्षात चिन्मय स्वरुप माताको रुपमा प्रकट भइन् र रामकृष्णको हात समातिन् । त्यसपछि उनलाई कालीको दर्शन र उनी वार्तालाप जीवन पर्यन्त भइरह्यो । रामकृष्ण साहित्यमा यो घटना पढेपछि म लगायत अनेक खोजीहरुले दक्षिणेश्वरको मूर्तिमा चिन्मयी माताको रुप देख्न अथक प्रयास गरेका छन् तर रामकृष्णपछि अर्को कसैले आजसम्म त्यस्तो दर्शन गरेको पाइएको छैन । त्यसको लागि रामकृष्ण परमहंसको जस्तो सरलता र जीवन नै उत्सर्ग गर्ने साहास चाहिने रहेछ ।

सन् १९०२ मा स्वामी विवेकानन्द हिन्दु धर्मका ध्वजा पुरै अमेरिकामा फैलाएर भारत फर्किएका थिए । भारतमा उनको धेरै सम्मान र सत्कार भयो र ठाउँठाउँबाट प्रवचनको आमन्त्रण आउन थाल्यो । स्वामी रामतीर्थले स्वामीजीका प्रवचन पञ्जावका विभिन्न स्थानहरुमा आयोजना गरे ।

स्वामी विवेकानन्दको तेज र प्रतिभा देखेर रामतीर्थ अत्यन्त प्रभावित भए र स्वामीजी जस्तै जीवन बिताउने प्रेरणा उनलाई मिल्यो । स्वामी विवेकानन्दलाई लाहोर स्टेसनबाट विदा गर्दा रामतीर्थ सर्वस्व दिन चाहान्थे तर उनीसँग खल्तीमा एक पकेटघडी बाहेक केही थिएन । उनले सो घडी श्रद्धापूर्वक स्वामी विवेकानन्दलाई अर्पित गरे । स्वामीजीले त्यो उपहार ग्रहण गरी उनीलाई नै फिर्ता गर्दै भने ‘अब देखि यो घडी मसँगै हुन्छ भन्ने ठान्नु । तर मेरो अर्को शरीरको खल्तीमा । तिमी मसँग आफुलाई टाढा भएको कहिल्यै नसम्झनु ।’ त्यस बखत घडीमा पनि ठीक एक बजेको रहेछ । घडीमा एक बजेको

देखाउँदै स्वामी विवेकानन्दले सम्झाए, ‘हेर यो घडीले पनि के भनिरहेको छ भने हामी एकै हौं, र यही वेदान्तको निचोड हो । जो व्यक्तिको खोज वेदान्त प्रचारको लागि म गरिरहेको थिएँ त्यो व्यक्ति मैले अब तिमीमा भेटाएँ ।’ रामतीर्थलाई ह्दयमा अलिंगन गर्दै स्वामीजीले भने, ‘तिमीले अवश्य नै सनातन धर्मको संस्कृति र वेदान्तको सफलता पूर्वक प्रचार प्रसार गर्नेछौ, यही ईश्वरको योजना छ ।’ विदाईको यो भावुक क्षण वेदान्तका दुबै महारथीको आँखामा प्रेमको आँसु छल्किरहेको थियो । त्यो भेटले रामतीर्थको जीवन दिशा निधारित गरिदियो ।

स्वामी रामतीर्थ कृष्णका अनन्य भक्त थिए र उनमा कृष्णभक्तिको रंग बडो प्रगाढ रुपले चढेको थियो र भक्तिको अतिरेकमा कृष्णकृष्ण भनी रावी नदीको किनारको जंगलमा चैतन्य महाप्रभुको जस्तो भावसमाधिमा भौंतारिन्थे । रामतीर्थ गोपी झै कृष्णलाई प्रेम विह्वल भएर खोज्थे । एक रात सपनामा के देखे भने उनी कृष्णसँग खेलिरहेका छन् र खेल्दाखेल्दै कृष्ण अलप भए । रामतीर्थले कृष्णलाई नदेखेपछि व्याुकल भइ खोज्न थाले र जति खोजेपनि कृष्णलाई कहीं भेटेनन्, उनी वियोगमा रुन थाले । धेरै खोजेपछि कृष्ण एक ढोकाको पछि लुकेर बसेको देखे । छलेर लुकेको देखी कृष्णसँग रामतीर्थलाई बडो रिस उठ्यो र दुख दिने पनि हद हुन्छ नि भन्दै कृष्णको कान समातेर तान्दै एक झापड कृष्णको गालमा जोडले बजाए । त्यो झापड त उनकै आफ्नै गालामा परेछ र त्यो चोटले रन्थनिदै उनको निद्रा खुल्यो र आफनै कान तानेको हुनाले कानपनि पनि दुखिरहेको थियो । यो घटनाले उनलाई बोध भयो कि कृष्णलाई बाहिर खोज्नु दु:ख पाउने मेलो मात्र हो । यसपछि उनलाई आफै भित्र परमात्मा खोज्ने गहन अभिप्साको जन्म भयो ।

PDF file is available here

d}n] cfh;Dd hfg]sf / ;’g]sf ;Gt dWo] s]jn b’O{ hgfsf] dfq hGd, ;+af]lw / dxfkl/lgjf{0f Ps} lbg ePsf] kfPsf] 5′ . To;dWo] Ps x’g'x’G5 eujfg\ a’4 . pxf“sf] hGd n’lDagLsf] ;fn j[If d'gL a}zfv k"l0f{dfsf] lbg ePsf] xf] . pxf“sf] ;+af]lw #% jif{sf] pd]/df j}zfv k”l0f{dfs} lbg lg/~hgf gbLsf] lsgf/df lkknsf] ?v d’gL af]wuofdf ePsf] lyof] . pxf“sf] dxfkl/lgjf{0f s’zLgu/df @ ;fn a[Ifsf] aLrdf *) jif{sf] pd]/df a}zfv k”l0f{df s} lbg ePsf] lyof] .
a’4 k’?ifsf] Oltxf;df csf]{ o:t} cåLlto 36gf :jfdL /fdtLy{sf] hLjgdf klg d}n] e]6\6fPsf] 5′ . pgsf] hGd lbkfjnLsf] lbg kfls:tfgsf] u’h/fgjfnfdf @@ cS6f]j/ ;g\ !*&# df ePsf] lyof] . pgsf] ;+af]lw ;g\ !*(* ;fn lbkfjnL s} lbg Clifs]z b]lv * lsld pQ/ a|x\dk’/Ldf ePsf] lyof] / pgn] dfq ## jif{sf] pd]/df 6]x/Lsf] lenu+uf / u+ufsf] ;+uddf lbkfjnL s} lbg hn ;dflw lnPsf lyP . of] Ps cb\e”t ;+of]u a’4 / /fdtLy{sf] hLjgdf afx]s d}n] cfh;Dd cGo ;Gtsf] hLjgdf e]6\6fPsf] 5}g .
:jfdL /fdtLy{sf] gfd g]kfnL cWoflTds cfsf;df sd} ;’lgPsf] x’g ;S5 . pgL cfWoflTds gedf PSsf;L pbfP . pgsf ;dsflng :jfdL ljj]sfgGb, >L c/ljGb h:tf] Voflt pgn] gkfPklg pgsf] cWoflTds prfO{, d:t kmls/Lkg, cbDo ;fxf;af6 cToGt k|efljt eO pgsf] ;fu/ h:tf] JolQmTjnfO{ ufu/df ;d]l6g] ljgd| k|of; ul/Psf] 5 .
:jfdL /fdtLy{sf] hGd cToGt ljkGg kl/jf/df ePsf] lyof] . ljkGgtf / ul/aL ;Gt / OdfGbf/ JolQmx? lr/;xr/L g} x’g\ . :jfdL /fdtLy{nfO{ klg Ps kltj|tf gf/L h:t} ljkGgtfn] ;w} ;fy lgefof] . ;Gtx?df afNosfn b]lv g} cfWoflTds ;+:sf/sf] lemNsf] b]Vg yflnG5 . /fdtLy{nfO{ klg z+vsf] WjgL / dGbL/sf] kl/j]zn] ;w} tfGYof] . afNosfndf w]/} ?“bf kmsfpg s]xL l;k gnfu]kl5 z+v ahfO{lbbf of dGbL/df n}hf“bf pgL cfgGbljef]/ x’Gy] .
;fg} pd]/df Ps d’;ndfg df}njL df]xDdb cln ;fx;“u pgn] kmf/;L efiff l;v]
/ lti0f a’l4sf wgL pgL yf]/} ;dodf kmf/;Ldf kf/+ut eP . 5f]/fnfO{ kmf/;L l;vfPjfkt cg’u|x :j?k pgsf ul/a a’afn] tL df}njLnfO{ s]xL k};f lbg rfx] . t/ df}njLnfO{ b’wsf] nflu e};L rflxPsf] /x]5 . /fdtLy{sf] a’af;“u Pp6} dfq e};L lyof] h;sf] b’waf6 kl/jf/sf] u’hf/f rNYof] . /fdtLy{n] pgsf a’afnfO{ Tof] e};L df}njLnfO{ lbg afWo kf/] . Dff}njL ;fxa tL afnssf] pbf/tf b]v]/ 5Ss k/] / b|jLt eP .
/fdtLy{n] a8f] ljkGGtfd} d]xg]t u/]/ cfkm\g} ;xkf7Lx¿nfO{ 6\o’;g k9fO{ cfkm\gf] cWoog k’/f u/] . Pd= P=sf] hf“rsf] Ps /f]rs k|;+u 5 . ul0ftsf] kl/Iffdf !# k|Zgx¿ ;f]lwPsf /x]5g\, h;df s’g} ( j6fsf] hjfkm dfq lbg kg]{ lyof] . t/ /fdtLy{n] t]¥x} k|Zgx?sf] xn k|:t’t ub}{ PShfldg/ dxf]bonfO{ ;fgf] gf]6 n]v]5g\, – …tkfO{+nfO{ dg k/]sf] s’g} ( k|Zgx?sf] pQ/ hf“Rg’ xf]nf .Ú pgn] k~hfa ljZjljBfnoaf6 ul0ftdf ;tk|lt;t c+s NofO PdP k|yd >]0fLdf k|yd :yfgdf plt0f{ u/] . pgsf] k|ltefsf] sb/ ub}{ cg]s pRr ;/sf/L kbx?df hflu/sf] lgdGq0ff cfof] t/ pgn] k|;fzlgs ;]jfsf] u’nfdL dGh’/ u/]gg\, k|Wofkgsf] k]zf d} a;L cfkm\gf] 1fg c?nfO{ af“8\5′ egL nfxf]/ s[l:rog sn]hdf k|Wofks eP . ul0ftdf pgsf] cbe”t bvn b]v]/ ef/tjif{sf ul0ft1x? ul0ftsf hl6n ;d:of ;dfwfg ug{ pgL sxf“ k7fpg yfn] .
Psk6ssf] 36gf xf] . pgnfO{ o:t} Ps hl6n ;d:of ul0ft ;dfhn] xn ug{ k7fof] . w]/} k|of; u/]/ klg Tof] ;d:of /fdtLy{n] xn ug{ ;s]gg\ . pgnfO{ To;af6 7″nf] UnfgL eof] / /flt t/af/ lnP/ of] ;+sNk u/] ls ;’of]{bo k”j{ d}n] of] ul0ft xn ;lsg eg] cfkm\gf] 6fpsf] oxL t/af/n] l5gfp“5′ . pgL Tof] ul0ftsf] xn lgsfNg /fte/L 86] t/ ;kmntf xft nfu]g . laxfgL eof] . t/af/ lnO{ 5fgfdf k’u] . t/jf/n] cfkm’ /]6\g vf]Hbf t/jf/n] 3f6LnfO{ :kz{ dfq} s] u/]sf] lyof] k|ft sfnsf] Tof] cfsf;df ;’gf}nf] cIf/df Tof] ul0ftsf] xn n]lvPsf] k|:6 b]v] .
cfw’lgs a’4LjfbLx?nfO{ o:tf] s’/fdf ljZjf; ug{ uf¥\xf] x’g ;S5 . t/ o:tf ca’em 36gfx? ;+;f/df e} /x]sf 5g\ . pbfx/0fsf] nflu k/df0f’ ;+/rgfsf cljisf/s lgn ef]/n] w]/} vf]hkl5 klg P6dsf] jgfj6sf] /x:o vf]Hg g;s]kl5 ;kgfdf pgn] P6dsf] jgfj6 cfkm” c3fl8 gfr]sf] b]v]sf lyP . kl5 ToxL ;To lgl:sof] . ef/tsf k|l;4 ul0ft1 /fdfg’hn] clt hl6n ul0ftsf xn af/Daf/ :jKg d} b]Vg] u/]sf] atfp“y] . cfOlG;6fOgn] ;kgfdf k|sfzsf] ultdf cfkm’ p8]sf]
/ Tof] ultdf ;f/f tf/f tf/fd08nsf] b[Zo kl/jt{g ePsf] :jKg b]v]sf lyP . kl5 Tof] ;fk]Ifjfbsf] l;4fGtsf] vf]hdf ;xfos ePsf pgn] n]v]sf 5g\ . dgf]lj1fgsf] vf]hsf] Ps kIfn] s] eG5 eg] ;r]tg vf]hsf] pRr lzv/df k’u]/ ;d:ofsf] ;dfwfg x’g g;s]sf] cj:yfdf yfs]/ dgn] k”0f{ lj>fdsf] cj:yf k|fKt u/] p;s} cltr]tgn] cGo /x:odo >f]taf6 Tof] ;d:ofsf] xn ljleGg dfWodaf6 k|s6 u5{ . o:tf 36gfx? cg]s j}1flgs, ;Gt, n]vs, snfsf/x?sf] hLjgdf 36]sf] kfOG5 .
o; ;Gbe{df /fds[i0f k/dx+;sf] hLjgdf ePsf] 36gf cfWoflTds j[tdf cToGt k|Voft 5 . /fdsi0fnfO{ cg]s jif{b]lv ;fwgfdf O{Zj/ bz{g gePsf]n] ulx/f] lg/fzfn] klS8of] . pgn] Ps lbg cfkm\gL cf/fWo blIf0f]Zj/sL sfnLdftfnfO{ ltdLn] cg]snfO{ bz{g lbof}+ t/ dnfO{ lsg lbb}gf}+ egL w]/} dlxgf;Dd k’sf/ / /f]bg u/] . t} klg Oi6 bz{g ePg . ljzfbsf] of] cj:yfdf o:tf] Joy{sf] hLjg lsg lhpg’ a? dg’{ hflt egL sfnLsf] d’lt{df /fv]sf] v8\u lnP/ cfkm\gf] 3f6L sf6g tlD;P . v8\un] 3f6L :kz{ ug]{ s] nfu]sf] lyof] Tof] sfnLsf] d”lt{ ;fIfft lrGdo :j?k dftfsf] ?kdf k|s6 eOg\ / /fds[i0fsf] xft ;dfltg\ . To;kl5 pgnfO{ sfnLsf] bz{g / pgL jftf{nfk hLjg ko{Gt eO/x\of] . /fds[i0f ;flxTodf of] 36gf k9]kl5 d nufot cg]s vf]hLx?n] blIf0f]Zj/sf] d”lt{df lrGdoL dftfsf] ?k b]Vg cys k|of; u/]sf 5g\ t/ /fds[i0fkl5 csf]{ s;}n] cfh;Dd To:tf] bz{g u/]sf] kfOPsf] 5}g . To;sf] nflu /fds[i0f k/dx+;sf] h:tf] ;/ntf / hLjg g} pT;u{ ug]{ ;fxf; rflxg] /x]5 .
;g\ !()@ df :jfdL ljj]sfgGb lxGb’ wd{sf Wjhf k’/} cd]l/sfdf km}nfP/ ef/t kmls{Psf lyP . ef/tdf pgsf] w]/} ;Ddfg / ;Tsf/ eof] / 7fp“7fp“af6 k|jrgsf] cfdGq0f cfpg yfNof] . :jfdL /fdtLy{n] :jfdLhLsf k|jrg k~hfjsf ljleGg :yfgx?df cfof]hgf u/] .
:jfdL ljj]sfgGbsf] t]h / k|ltef b]v]/ /fdtLy{ cToGt k|efljt eP / :jfdLhL h:t} hLjg latfpg] k|]/0ff pgnfO{ ldNof] . :jfdL ljj]sfgGbnfO{ nfxf]/ :6];gaf6 ljbf ubf{ /fdtLy{ ;j{:j lbg rfxfGy] t/ pgL;“u vNtLdf Ps ks]638L afx]s s]xL lyPg . pgn] ;f] 38L >4fk”j{s :jfdL ljj]sfgGbnfO{ clk{t u/] . :jfdLhLn] Tof] pkxf/ u|x0f u/L pgLnfO{ g} lkmtf{ ub}{ eg] …ca b]lv of] 38L d;“u} x’G5 eGg] 7fGg’ . t/ d]/f] csf]{ z/L/sf] vNtLdf . ltdL d;“u cfkm’nfO{ 6f9f ePsf] slxNo} g;Demg’ .Ú To; avt 38Ldf klg 7Ls Ps ah]sf] /x]5 . 38Ldf Ps ah]sf]
b]vfp“b} :jfdL ljj]sfgGbn] ;DemfP, …x]/ of] 38Ln] klg s] elg/x]sf] 5 eg] xfdL Ps} xf}+, / oxL j]bfGtsf] lgrf]8 xf] . hf] JolQmsf] vf]h j]bfGt k|rf/sf] nflu d ul//x]sf] lyP“ Tof] JolQm d}n] ca ltdLdf e]6fP“ .Ú /fdtLy{nfO{ Xbodf cln+ug ub}{ :jfdLhLn] eg], …ltdLn] cjZo g} ;gftg wd{sf] ;+:s[lt / j]bfGtsf] ;kmntf k”j{s k|rf/ k|;f/ ug]{5f}, oxL O{Zj/sf] of]hgf 5 .Ú ljbfO{sf] of] efj’s If0f j]bfGtsf b’a} dxf/yLsf] cf“vfdf k|]dsf] cf“;’ 5lNs/x]sf] lyof] . Tof] e]6n] /fdtLy{sf] hLjg lbzf lgwfl/t ul/lbof] .
:jfdL /fdtLy{ s[i0fsf cgGo eQm lyP / pgdf s[i0felQmsf] /+u a8f] k|uf9 ?kn] r9]sf] lyof] / elQmsf] clt/]sdf s[i0fs[i0f egL /fjL gbLsf] lsgf/sf] h+undf r}tGo dxfk|e’sf] h:tf] efj;dflwdf ef}+tfl/Gy] . /fdtLy{ uf]kL em} s[i0fnfO{ k|]d ljx\jn eP/ vf]Hy] . Ps /ft ;kgfdf s] b]v] eg] pgL s[i0f;“u v]ln/x]sf 5g\ / v]Nbfv]Nb} s[i0f cnk eP . /fdtLy{n] s[i0fnfO{ gb]v]kl5 Jof’sn eO vf]Hg yfn] / hlt vf]h]klg s[i0fnfO{ sxL+ e]6]gg\, pgL ljof]udf ?g yfn] . w]/} vf]h]kl5 s[i0f Ps 9f]sfsf] kl5 n’s]/ a;]sf] b]v] . 5n]/ n’s]sf] b]vL s[i0f;“u /fdtLy{nfO{ a8f] l/; p7\of] / b’v lbg] klg xb x’G5 lg eGb} s[i0fsf] sfg ;dft]/ tfGb} Ps emfk8 s[i0fsf] ufndf hf]8n] ahfP . Tof] emfk8 t pgs} cfkm\g} ufnfdf k/]5 / Tof] rf]6n] /Gylgb} pgsf] lgb|f v’Nof] / cfkmg} sfg tfg]sf] x’gfn] sfgklg klg b’lv/x]sf] lyof] . of] 36gfn] pgnfO{ af]w eof] ls s[i0fnfO{ aflx/ vf]Hg’ b’Mv kfpg] d]nf] dfq xf] . o;kl5 pgnfO{ cfkm} leq k/dfTdf vf]Hg] uxg cleK;fsf] hGd eof] .